
काठमाडौं, १४ वैशाख । नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो ।
आईएमएफका अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२१ म भने नेपालले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको आईएमएफले जनाएको छ ।
आईएमएफको प्रक्षेपणअनुसार छिमेकी मुलुक भारतले यस वर्ष ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ । यो एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमध्ये सबैभन्दा उच्च हो । त्यस्तै, चीनको वृद्धिदर भने गत वर्षको ८.१ प्रतिशतबाट घटेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
दक्षिण एसियाली मुलुक बङ्गलादेश र श्रीलङ्काले यस वर्ष क्रमशः ६.४ र २.६ प्रतिशत वृद्धिदर हासिल गर्ने पनि आईएमएफको प्रक्षेपण छ । नेपालीका मुख्य श्रम गन्तव्य मलेसियाको आर्थिक वृद्धिदरमा पनि सुधार आएर सन् २०२२ मा ५.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




