घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैंछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३०० ले घटेर तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार ५०० रुपैयाँ कायम भई कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले जनाए अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ निर्धारण गरिएको थियो ।