
काठमाडौं, १४ वैशाख । नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । बिदा साविकको बिदा दिईदै आएको शनिवार तथा अब आईतबार थपिएर दुई दिन भएको छ । याे जेठ १ गतेबाट लागू हुनेछ ।
यो बिदाको समयमा सेयर बजारमा के होला ? भन्ने धेरैमा जिज्ञासा उठ्नु स्वाभाविक नै हो । अहिले सेयर बजारमा कारोबार आईतबारदेखि बिहिबारसम्म पाँच दिन हुँदै आएको छ ।
आईतबार बिदा हुने भएपछि पहिले आईतबार हुँदै आएको सेयरको कारोबार चार दिनमा झर्ने त होईन ? भन्ने जिज्ञासा मेटाउन नेपाल स्टक एक्सचेन्जले सेयर बजारमा दुई दिन कारोबार बन्द भएपनि हप्तामा पाँचै दिन सेयर बजार खुल्ला रहने संभावना कायमै रहेको बताएको छ ।
नेप्सेका प्रवक्ता मुरहरि पराजुलीका अनुसार पहिले आईतबार देखि बिहिबारसम्म हुँदै आएको सेयर बजार खुल्ने तालिका सोमबारबाट शुक्रबार बनाउन सकिने छ । यसका बारेमा छलफल भइरहेकाेले थप कुराहरु जानकारीमा ल्याइने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




