
काठमाडौं, १५ वैशख । सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ । इन्स्योरेन्सको वैशाख यहि वैशाख २८ गते २५ औँ साधारण सभा आव्हान गरिएकाे छ ।
साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि वैशाख १६ गतेदेखि वैशाख १८ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारण सभा काठमाडौं, लैनचौरस्थित लैनचौर बैंक्वेटमा पूर्वान्ह साढे १० वजे बोलाईएको छ ।
सेयरधनीहरु नेपाल स्टक एक्सचेन्जमा आजसम्म सेयर कारोबार गरी कायम भएपछि मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।
कम्पनीले सेयरधनीहरुलाई २१.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । जस्मा चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांशसहित २१.५ प्रतिशत लाभांश रहेको छ ।
साधारण सभाले कम्पनीको प्रबन्ध संशोधन गरेर २ अर्बको अधिकृत पूँजी बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव पारित गर्नेछ । साथै चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ कायम रहेको विषेश प्रस्तावलाई पारित गरिने भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




