एकैदिन १ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
एकैदिन आज छापावाल सुन तोलामा १००० ले घटेको छ भने चाँदीमा २० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ तोकेको जानकारी दिएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कायम भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुन तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ३४० रुपैयाँ कायम भई कारोबार भएको थियो ।