
काठमाडौं, १५ वैशाख । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार सेयर बजार राताम्मै भएको छ । सम्पूर्ण सूचकहरु ऋणात्मक भएका छन् ।
कुनैबेला २० अर्ब माथिको कारोबार भएको नेप्सेमा कारोबार रकम १ अर्बमा पनि झरेको देखिन्छ । नेप्सेमा भईरहेको नकारात्मक प्रभावको कारण लगानीकर्ताहरुमा उत्पन्न भएको नैरास्यता हटेको छैन । यसदिनको परिदृश्यले लगानीकर्ताको मनोवल घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्सेमा ०.८४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.५२ अंकले घटेर ४५०.२४ विन्दुमा रहेको छ ।
कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ४५ लाख ७४ हजार ५२० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड २५ लाख ४९ हजार ६०३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




