
काठमाडौं, १६ वैशाख । हिमालयन हाइड्रोपावर लिमिटेडले वैशाख २५ गतेदेखि सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले जारि पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर बिक्रीमा ल्याउन लागेको जनाएको छ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्काशन गरिने भएको हो ।
आईपीओमा आयोजना क्षेत्र रहेको कास्कीको मादी गाउँपालिकाका वडा नं १, २, ३, ४, ६ र ७ का वासिन्दाले आवेदन दिन सक्नेछन् ।
आइपीओमा छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने छ । लगानी गर्न चाहनेले ग्लोबल आइएमई बैंक लेखानाथ, न्यूरोड शाखा, माछापुच्छ्रे बैंक मादी, मुक्तिनाथ बैंक काँहुखोला, अमरसिंह, बुढी बजार शाखाबाटआवेदन दिन सक्नेछन् । यस्तै सभागृहचोकस्थित गरिमा विकास बैंक, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लोगगनगौंडा र हेम्जा शाखाबाट पनि आवेदन पेश गर्न सकिने छ ।
लगानीकर्ताले घटिमा १० कित्ता र बढिमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




