
काठमाडौं, १९ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । यसदिन छापावाल सुनको भाउमा रुपैयाँ ८०० ले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउमा यसदिन रुपैयाँ ८०० ले गिरावट भई तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम गरिएको थियो ।
तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९८ हजार ५०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ तोलाको १० रुपैयाँले घटेर तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ कायम भइ कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




