
काठमाडौं, २१ वैशाख । धितोपत्र ब्राेकरहरूले दोस्रो बजारमा कारोबार गर्दा पुँजीगत लाभकरमा निश्चित अवधिका लागि पूर्णरुपमा छुट माग गरेका छन् ।
धितोपत्र ब्राेकरहरूको संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि १२ बुँदे सुझाव दिँदै यस्तो माग गरेका हुन् । एसोसिएसनले नेपाल उद्योग वाणिज्य महासंघमार्फत बजेटका लागि सरकारलाई सुझाव दिएको हो ।
संघले गैरआवासीय नेपालीहरुको दोस्रो बजार प्रवेशलाई सहज बनाउने तथा निश्चिति समय तोकि त्यस्तो लगानीबाट सिर्जित पुँजीगत लाभकरमा सहुलियत प्रदान गर्नुपर्ने र विदेशी संस्थागत लगानिकर्तालाई दोस्रो बजार लगानीमा बाटो खुल्ला गर्ने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ ।
संघले निकट भविश्यमा नै इन्ट्रा डे कारोबार तथा फाइनान्सियल डेरिभेटिभ्सको कारोवार सन्चालन ल्याउन, आयोजना प्रभावित क्षेत्रका लगानीकर्ता बाहेकका आईपीओमा प्यान अनिवार्य गरी करको दायरा बढाउने तथा असम्बन्धित व्यक्तिहरुको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्ने सुझाव दिएको छ ।












काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




