
काठमाडौं, २१ वैशाख । सेयर बजार निन्तर ओरालोतिरको यात्रामा गएको छ । कहिले उकालोको यात्रामा फर्किने हो अहिले यसको संकेत देखिएको छैन । लगानीकर्ताहरुले सेयर बजारको माहौल कहिले सकारात्मक होला भनेर पर्खिएको पनि लामो समय भईसकेको छ ।
सेयरकाे कारोबार हुने चौथौ दिन बुधबार सेयर बजारले सकारात्मक लय पछ्याएन । स्थानिय तहको निर्वाचनको परिवेशमा सकारात्मक लयमा फर्किएला कि भन्ने लगानीकर्ताको अपेक्षा राताम्मै भएको सेयर बजारको कारण पूरा हुन सकेन भने उनीहरुकाे मनाेवल घटाएकाे छ ।
ऋणात्मक यात्रामा गएको सेयर बजारमा कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । अघिल्लो कारोबार भएको वैशाख १९ गतेको दिनमा बजार बन्द हुँदाको अवश्थामा नेप्सेमा १ अर्ब ४२ करोड बढिको कारोबार भएकोमा यसदिन १८ करोडले कमि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा झरेको छ । नेप्सेमा १.३८ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ४.९० अंकले घटेर ४३६.८८ विन्दुमा रहेको छ ।
कुल २३३ वटा कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३६ लाख २ हजार ८४८ कित्ता सेयरको किनबेचबाट १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढि अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ४ करोड ५८ लाख ९६ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




