नाफासंगै घट्यो सबैको लघुवित्तको प्रतिसेयर आम्दानी

-



     सफल आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । सबैको लघुवित्त वित्तीय संस्थाको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । संस्थालाई अघिल्लो आर्थिक वर्षको सोहि अवधिकोभन्दा यस आर्थिक वर्षको नाफामा कमि भएको छ ।

यस आर्थिक वर्षको चैतको अन्तिमसम्म संस्थाको खुद नाफा ७ करोड १५ लाख रहेको छ । गएको वर्षका सोहि अवधिमा लघुवित्तको खुद नाफा ७ करोड ९२ लाख रहेको थियो । जो अघिल्लो पटककोभन्दा ९.७५ प्रतिशतले घटेको हो । खराब कर्जा उठाएको कारण संस्थाको नाफामा कमि भएको हो । तर लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा भने बढेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ३१.०३ प्रतिशतले बढेको छ । कुल संचालन आम्दानी २७.७४ प्रतिशतले, संचालन मुनाफा १२ं.५० प्रतिशतले बढेको छ । गएको वर्षमा संस्थाले चैतको अन्तिमसम्म ४ करोड ४४ लाख रुपैयाँ खराब कर्जा उठाएकोमा यस वर्ष सोहि अवधिमा २ करोड २० लाख रुपैयाँ उठाएको छ । यसैको कारण संस्थाको नाफा घटेको हो ।

लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर १५ रुपैयाँ ९७ पैसा घटेर ३५ रुपैयाँ ३३ पैसा कायम भएको छ । लघुवित्तको आम्दानी रेसियो ३४.११ गुण देखिन्छ भने नेटवर्थ १४९ रुपैयाँ ४ पैसा रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३१.०५ प्रतिशतले बढेको छ । जगेढा कोषमा ४२.०९ प्रतिशत रहेको छ । सापटी ३६.४३ प्रतिशत रहेको छ भने निक्षेपमा ५२.८३ प्रतिशत तथा कर्जामा ४६.७६ प्रतिशतले बढेको देखिन्छ ।