
काठमाडौं, २३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ ६०० तथा चाँदी तोलामा रुपैयाँ २५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँ कायम भएको छ । यसदिन चँँदीमा रुपैयाँ २५ले गिरावट भएको छ । बिहिबार चाँदीको भाउ तोलाको १ हजार ३०५ रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




