आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको पाइएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा रुपैया ६०० ले बढेको छ । चाँदी तोलामा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

यसअघि शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनमा रुपैयाँ ६०० ले बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ ५ ले बृद्धि भई तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।