
काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि सेयर बजार सकारात्मक बनेको छ । यसरी लगातार दोश्रो दिन पनि सेयर बजार उकालोतिर लागेपछि लगानीकर्ताहरुको मनोवल बढ्न थालेको छ ।
सूचकहरुमा छिटपुट रातो लागेपनि हरियो लाग्नेहरुको पनि कमि भएको छैन । यसदिन चारवटा उपसमूहले गुमाएका छन् भने ९ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.२७ अंकले बढेको छ । यसरी बढेको नेप्से २२६८.८४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले बढेर ४३९.४७ विन्दुमा पुगेको छ ।
कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । ३३ लाख २४ हजार ८२२ कित्ता सेयरको कारोबारबाट १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ९ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी चार उपसमूहमा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको ७ करोड ८३ लाख ५३ हजार ८९९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




