फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ७०० ले तथा चाँदीमा रुपैयाँ १० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुनमा रुपैयाँ ७०० ले गिरावट भई तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९८ हजार ७०० रुपैयामा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको रुपैयाँ १ हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार २८५ रुपैयाँ ताेकिएकाे थियो ।