
काठमाडौं, २८ वैशाख । रिभर फल्स पावर लिमिटेडले आजदेखि २७ लाख ३० हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएको छ ।
कम्पनीले निष्काशन गरेकाे रुपैयाँ १०० मूल्य अंकित सो सेयरमध्ये ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ ।
सर्वसाधारणले २५ लाख ३८ हजार ९०० कित्ता सेयरको लागि आवेदन दिन पाउने भएका छन् । लगानीकर्ताले जेठको ४ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको मितिसम्म आवेदन नपेको खण्डमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन पेश गर्न सकिने छ ।
सेयरमा घटिमा १० तथा बढिमा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




