
काठमाडौं, २८ वैशाख । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपमा ब्याज नबढाई अघिल्लो महिनाकै कायम राख्ने भएका छन् । उनीहरुले वैशाख महिनाकै ब्याजदरलाई नै कायम रहने बैंकर्स संघले जनाएकाे छ ।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आज यस सम्बन्धी निर्णय गर्दै वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
संघले ब्याज बढाउदा पनि निक्षेप रकममा बृद्धि नभएको भन्दै संघले जेठ महिनामा ब्याजदर अघिल्लो महिनाकै रहने जनाएको हो ।
संघले गरेको निर्णयका बारेमा सबै बैंकहरुलाई सूचीत गरिएको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताएका छन् । यो निर्णय अनुसार अब बाणिज्य बैंकहरुले जेठ महिनामा व्यक्तिगत मुद्धती निक्षेपमा अधिक्तम ११.०३ प्रतिशत ब्याजदर कायम गर्नेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




