
काठमाडौं, २८ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन आज पनि सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुको मनोवल उच्च बनाएको छ ।
अब सेयर बजार सकारात्मक लयमा जान लागेको होकि भन्ने अपेक्षा बढेको छ । अन्य दिनहरुको तुलनामा यसदिन कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से बढेर अर्धशतक पार गरेको छ भने कारोबार रकमले २ अर्बको घेरा नाघेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिक इण्डेक्स ९.५२ अंकले बढेर ४५६.६६ विन्दुमा रहेको छ ।
कुल २२९ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ५३ लाख ३३ हजार १०९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । बैंकिङ समूहतर्फ २३.३७ अंको बृद्धि भएको छ । व्यापारतर्फ २१.१५ अंकको, होटल तथा पर्यटनतर्फ ५२.७९ प्रतिशत अंकले, विकास बैंकतर्फ १५०.७३ अंकले र हाईड्रोपावरतर्फ १३०.३४ अंकले बृद्धि भएको छ ।
यस्तै फाइनान्सतर्फ ७४.२ अंकले, नीर्जिवन बीमातर्फ २४३.७४ अंकले, उत्पादनतर्फ ७०.०२ अंकले, अन्यतर्फ ३१.७७ अंकले र माइक्रोफाइनान्सतर्फ १५३.८९ अंकले बृद्धि भएको छ ।
यस्तै जीवन बीमातर्फ २१७.१७ अंकले बृद्धि भएको छ । म्युचुअल फण्डतर्फ ०.१३ अंकले र लगानीतर्फ २.२७ अंकले बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




