
काठमाडाैं, २९ वेशाख। प्राइम लाइफ इन्स्योरेन्सले यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोहि अवधिकोभन्दा १३.५९ प्रतिशतले बढी हो । गएको वर्ष चैतको अन्तिमसम्म यो नाफा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
इन्स्योरेन्सले लगानी कर्जा र अन्य आयबाट ९६ करोड ५० लाख रुपैयाँ कमाएको छ । साथै बीमालेख धितोमा गरिएको कर्जा लगानीबाट १२ करोड ५९ लाख रुपैयाँ कमाएको छ ।
इन्स्योरेन्सको खुद नाफा १७.०९ प्रतिशतले घटेको छ । यो आँकडा १८ करोड ९५ लाख रुपैया देखिएको छ । अघिल्लो वर्ष चैतको अन्तिमसम्म यो नाफा २२ करोड ८६ लाख रुपैया रहेको थियो ।
इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ७७ करोड रहेको छ । जगेडामा ५० करोड ५४ लाख, बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख रहेको छ । विपद कोषमा १७ करोड ६७ लाख रहेको छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९ पैसा, नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानीे रेसियो ७४.२४ गुणा रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




