
काठमाडाैं, २९ वैशाख । स्थानिय चुनावकाे अघिल्लाेि दिन बुधबार सेयर बजारले ओरालोकाे यात्रा तय गरेकाे छ । केहि दिनदेखी हरियाली भएकाे नेप्सेमा बिहिबार फेरि करेक्सन देखिएको हाे ।
वाणिज्य बैंकहरुले जेठ महिनामा मुद्धती निक्षेपमा ब्याज नबढाउने भनेकै दिन बुधबार नेप्सेले अर्धशतककाे रेखा पार गरेको देखिएको थियो । जसबाट लगानीकर्ता उत्साही भएका थिए ।
तर त्यसको भोलिपल्ट बिहिबार नेप्सेमा दोहोरो अंकको गिरावट भएपछि फेरि लगानीकर्ताको मनोवल घटेकाे छ । तर कारोबार रकममा भने सुधार आएको छ । बुधबार २ अर्ब १३ करोडकाे कारोबार भएकोमा यसदिन २ अर्ब ३२ करोड बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.६४ अंकले घटेर २३५० विन्दुमा झरेको छ । नेप्सेमा ०.७९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७० अंकले घटेर ४५३.९६ विन्दुमा रहेको छ ।
यसदिन कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ५२ लाख २७ हजार ३५९ कित्ता सेयरको खरिद बिक्रीबाट २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये उत्पादन र अन्य उपसमूहको बढेको छ । बाँकी रहेका ११ वटैको घटेको छ । विकास बेंक उपसमूहको सबैभन्दा धेरै २.१४ प्रतिशतले घटेको छ। जाल्पा लघुवित्तको सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यस्तै तेह्रथुम पावरको ६.२० प्रतिशत, युनियन हाइड्रोपावरको ५.२२ प्रतिशत, शिवम् सिमेन्टको ५.१७ प्रतिशत र बुद्धभूमि हाइड्रोपावरको ३.९७ प्रतिशतले बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड १० लाख ६७ हजार ४१८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।











काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




