भारतले गहुँ निर्यातमा रोक लगायाे, नेपाल पनि प्रभावित

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । विश्व बजार यतिबेला यूक्रेन रसियाबीचको युद्धको कारण प्रभावित भएकाे छ। चर्को मूल्यबृद्धिको कारण मानविय दैनिक उपभोग्यका सामग्रीका साथै बस्तुको आयात निर्यात प्रभावित भएको छ ।

सामाजिक आर्थिक क्षेत्रमा हुने अदलबदलले यस्तो प्रभाव पर्ने गरेको छ । दक्षिण एशियाली देशहरु बढी प्रभावित हुने गरेका छन् । विकासोन्मुख देशहरुको बजार आयातमुखि हुनुको कारण अल्पकालका लागि भएपनि समस्या हुने गरेको छ ।

अहिले यूक्रेन रसिया विरुद्धको कारण विश्वका कतिपय देशमा खाद्य संकट देखिएको राष्ट्र संघीय खाद्य योजनाले विभिन्न देशमा खाद्य संकट उत्पन्न भएको बताउँदै आएको छ ।

यस बेलामा भारतले गहुँ निर्यातमा रोक लगाएको छ । भारतीय वैदेशिक व्यापार महानिर्देशनालयले सूचना प्रकाशन गरी तत्काल गहुँको नियातमा रोक लगाएको हो । अल्पकाल लागि भएपनि भारतको यस निर्णयले नेपालमा पनि प्रभाव पर्ने देखिन्छ । अर्थात केहि समय भारतबाट गहुँ आयात हुँदैन ।

चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ५ अर्ब ९७ करोड २२ लाख बढीको गहुँ आयात भएको पाईन्छ । भारत चीनपछि विश्वको दोश्रो ठूलो गहुँ उत्पादन हुने देश हो । त्यसपछि रसिया, अमेरिका र क्यानडा क्रमशः रहेका छन् ।