
काठमाडौं, १ जेठ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिलाई तत्काल फिर्ता लिन माग गर्दै आh काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेपाल आयल निगमले शनिवार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको थियो । यसैको विरोधमा संयुक्त विद्यार्थी संगठनरुले जुलुससहित नेपाल आयल निगममा गएर तत्काल मूल्यबृद्धि फिर्ता गर्न माग गरे ।
पटक पटक गर्दै आएको मूल्यबृद्धिले हामीलाई निकै असर गरेको छ । मूल्य बृद्धि गरेको गर्र्यै गर्ने निगमको निर्णय हामीलाई मान्य छैन, आयल निगममा विरोध प्रदर्शन गर्न गएका विद्यार्थी नेताहरुले भने, मूल्यबृद्धि खारेज नगरे सरकार विरुद्ध कडा कदम चाल्न वाध्य हुने छौं, यो हाम्रो चेतावनी हो ।
नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरे आन्दाेलनलाई झन् चर्काएर सरकारलाई घुँडा टेक्न वाध्य बनाईने बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




