एकैदिन सुन तोलामा रु ११०० ले घट्यो, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ जेठ । अघिल्लो महिना वैशाख २९ गते सुनचाँदीको भाउ बढेर अन्तिम कारोबार भएको थियो ।

सो दिन छापावाला सुन रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ ५ ले बढेर कारोबार भएकोमा लगातार चार दिनको बिदापछि पाँचौ दिनमा आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ । चाँदीको सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ११०० ले गिरावट भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

छापावाल सुन तोलामा १ हजार १०० ले बृद्धि भई तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । अन्तिम कारोबार भएको दिन वैशाख २९ गते छापावाला सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । वैशाख २९ गते तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा यसदिन सामान्य १० रुपैयाँले बृद्धि भई तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । वैशाख २९ मा चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।