बढ्यो सार्वजनिक यातायातका साधनमा ५ प्रतिशत भाडा, कुन रुटकाे कति ?(सूचीसहित)

-



     सफल आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ जेठ । सरकारले बुधबारबाट राष्ट्रियस्तरका रुटमा चल्ने सार्वजनिक यातायातका सवारीसाधन भाडामा बृद्धि गरेको छ ।

सरकारले केहिदिन अघि पेट्रोलियम पदार्थमा प्रतिलिटिर रुपैयाँ १० बृद्धि गरेको थियो भने अब केहि दिनमै पुनः मूल्यबृद्धि हुने कुरा आयल निगमले बाहिर ल्याईसकेको छ ।

यातायात क्षेत्रबाट बेला बेलामा भाडा बृद्धि वा भाडा समायोजनका माग गर्दै आएपनि व्यवसायीहरुले अझैं पूर्ण सन्तुष्टि लिन नसकिरहेको बेलामा सरकारले भाडा बृद्धिलाई पेट्रोलियम पदार्थमा भईरहेको निरन्तरको बृद्धि र त्यसबाट परिरहेको असरलाई संवोधन हुनेगरी स्वचालित प्रणाली अनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरेको जनाएको छ ।

आज यातायात व्यवस्था विभागले भाडा बढाएको सूचना प्रकाशन गरी अन्तरप्रदेशमा संचालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनमा साढे ३ प्रतिशत भाडा बढाएको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.६ प्रतिशत तथा तराईमा चल्ने मालबाहक गाडीमा ५.१ प्रतिशत भाडा बढाएको सूचनामा जनाईएको छ ।

सरकारले इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढी बृद्धि भएको खण्डमा स्वचालित भाडा समायोजन हुने व्यवश्थालाई लागू गर्दै सार्वजनिक यातायातमा नयाँ भाडा समायोजन गरेको हो ।

४७ वटा रुटमा कहाँ कति भाडा ? सूची पढौं