रु ९०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ९०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ ९०० ले घटेर तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भइ कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।