८.९० अंकले बढ्यो नेप्से, १ अर्ब ३२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ जेठ । स्थानिय निर्वाचन पछिको पहिलो काराबोरको दिन मंगलबार सेयरमा भारी अंकको गिरावट भएपनि जेठ महिनाको दोश्रो कारोबार भएको दिन आज सेयरबजार दोहोरो अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेर ४४१.०९ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ५६ हजार ९१३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ५ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ८ वटा उपसमूहमा हरियो लागेको छ ।सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख ३० हजार ८५७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ।