एकैदिन रु १००० ले बढ्यो सुनकाे भाउ, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १००० ले बृद्धि भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पहेंलो धातु छापावाल सुनमा रुपैयाँ १००० ले बृद्धि भएर तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३०० रुपैयाँ कायम भइ कारोबार भएको थियो ।

तेजाबी सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुनको भाउ बिहिबार तोलाको ९५ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बृद्धि भई तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ । बिहिबार चाँदीको भाउ प्रतितोला १ हजार २५५ रुपैयाँ तोकिएको थियो ।