नेप्सेमा लगातार गिरावट,लगानीकर्ता सुधारका दिन पर्खदै

-



     सफल आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ जेठ । सेयरबजार लगातार ओरालोको यात्रामा गएको छ । आज पनि सेयरबजार अघिल्लो दिनको नकारात्मक लयलाई पछ्याउँदै ओरालोतिरै गएको हाे ।

म्युचुअल फण्डबाहेक सबै उपसूचकहरुमा रातो लागेको छ भने कारोबार रकम अर्बबाट करोडमा झरेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन शुक्रबार सेयर बजारमा देखिएको करेक्सनले लगानीकर्ताको मनोवल झन् घटाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको कुरा गर्दैगर्दा र संसदमा वजेटसम्बन्धी प्रारम्भिक चरणका छलफल शुरु हुँदा लगानीकर्ताहरुलाई स्पष्ट वजेटको आकार तथा मौद्रिक नीतिको निचोड पर्खिनु पर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.७० प्रतिशत गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४७ अंकले घटेर ४३४.७३ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको सेयरको कारोबार भएको छ । २५ लाख २४ हजार २६८ कित्ता सेयरको खरिदबिक्रीबाट ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पनि म्युचुअल फण्डबाहेक सबै १२ वटै उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी अरुण कावेली पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड २४ लाख ५ हजार ५०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।