बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७०० ले बृद्धि भएको छ । चाँदीको स्थिर रहि कारोबार भएको छ ।

यसदिन छपावाल सुनमा रुपैयाँ ७०० ले बढेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन ताेलाकाे ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन सेतो धातु चाँदीको भाउ स्थिर रहेर शुक्रबारकै भाउमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।