रिभर फल्स पावरको आइपिओ बाँडफाड सम्पन्न

-



     सफल आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ जेष्ठ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड आज सोमबार सम्पन्न भएको छ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयरमा आवेदन दिने १८,५९,२४२ वटा आवेदनहरुबाट २,१३,९४,६३० कित्ताको लागि आवेदन परेको थियाे ।

सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट ४९,९८३ जना आवेदकहरुबाट ११,५१,१२० कित्ता सेयरलाई परेको आवेदन रद्ध गरेपश्चात बाँकी रहेको १८,०९,२५९ जना आवेदकहरुबाट प्राप्त २,०२,४३,५१० कित्ता सेयर मध्ये १,७०९ जना आवेदकहरुबाट प्राप्त १९,५०० कित्ता सेयरहरु दोहोरो आवेदन परेको र स्थानीयबासीहरुले सर्वसाधारण शेयरमा २,११० जना आवेदकहरुबाट २८,१०० कित्ताको लागि आवेदन प्राप्त भएकोले सो आवेदकहस्लाई समेत गरी जम्मा ३,८१९ जना आवेदहरुबाट प्राप्त ४७,६०० कित्ता शेयरलाई रद्ध गरिएकाे थियाे ।

साे पछि जम्मा १८,०५,४४० जना आवेदकहरु मार्फत प्राप्त जम्मा २,०१,९५,९१० कित्ता सेयर मध्येबाट २,५३,८९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ । प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ बैशाख २८ गते देखि जेष्ठ ०४ गतेसम्म सार्वजनिक निष्काशन खुला गरेको थियो ।

रिभर फल्स पावर लिमिटेडको निष्काशन गरिएको कूल सेयर २७,३०,००० कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १,३६,५०० कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४,६०० कित्ता छुट्याई बाँकी रहेको २५,३८,९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियाे । निष्काशन रकमकोे करिब ८.४२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड गरिएको प्रभु क्यापिटल लिमिटेडले जनाएकाे छ ।