आयोजना क्षेत्रका जनताका लागि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला

-



     सफल आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० जेठ । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना क्षेत्रका जनताका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित दरको ५ लाख कित्ता सेयर आयोजना प्रभावित संखुवासभा जिल्लाका जनताका लागि हो ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । यसका लागि लगानीकर्ताले जेठको २४ गतेसम्म आवेदन दिनुपर्ने छ । तोकिएको म्यादभित्र माग बमोजिमको आवेदन नपरे असार ८ गतेसम्म आवेदन दिन पाईने छ ।

सेयरमा लगानी चाहने लगानीकर्ताले प्रभु बैंक खाँदबारी, ग्लोबल आइएमई बैंक चैनपुर, सिद्धार्थ बैंकखाँदबारी, प्राइम कमर्सियल बैंक खाँदबारी, तुम्लिङटार, सभापोखरी र नेपाल बङ्गलादेश बैंकको शाखा कार्यालयबाट आवेदन दिन पाउने छन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।