लगातार तीन दिनसम्म सुनचाँदीकाे भाउ स्थिर

-



     सफल आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० जेठ । लगातार तीन दिनसम्म सुनचाँदीकाे भाउमा कुनै अदलिबदलि भएन ।

साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि सुनचाँदीको भाउमा कुनै फेरबदल नभइ पुरानै भाउ यतावत् रहेकाे छ । अर्थात यसदिन सुनचाँदीको भाउ स्थिर रहेर करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसदिन छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र साेमबार पनि छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार र साेमबार पनि तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो ।

यसदिन चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार र साेमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार २७० रुपैयाँमा नै कारोबार भएको थियो ।