
काठमाडौं, १० जेठ । लागातार ओरालो लाग्दै आएको सेयरबजार उकालो लाग्न थालेको छ । मंगलबार सेयरबजारमा देखिएको सकारात्मक माहौलले लगानीकर्ताको बनोबल बढाएको छ । नेप्सेमा दोहोरो अंकको बृद्धि भएपनि कारोबार रकममा उल्लेखनिय बढ्न सकेन । अघिल्लो दिन १ अर्ब ३६ करो ९५ लाख बढीको कारोबार भएकोमा यसदिनको कारोबार १ अर्ब ८८ करोड ८ लाख ३३ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७४ प्रतिशत बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेर ४३२.६७ विन्दुमा रहेको छ ।
यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ७३० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८८ करोड ८ लाख ३३ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ११ वटामा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । दुईटामा रातो लागेको छ । रातो लागेकाहरुमा व्यापार उपसमूह तथा म्युचुअल फण्ड उपसमूह रहेका छन् ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआइसि एशिया लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयर बिक्री भएको छ । संस्थाको ४ करोड ८४ लाख ८० हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




