
काठमाडाैं, १० जेठ । सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजीगत खर्च वृद्धि गर्न र विकासका आयोजनालाइ कार्यान्वयनमा ल्याउन नतिजामा आधारित आयोजना व्यवस्थापनसम्बन्धी छुट्टै कानुन तर्जुमा हुने बताइन् । संघीय संसद्को संयुक्त बैठकलाइ संवाेधनकाे क्रममा उनले यस्ताे बताएकि हुन्।
रणनीतिक महत्वका ठूला आयोजनाबाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने भएकाे छ । सार्वजनिक खरिद कानुनमा सुधार तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जाेड्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।
काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने
भण्डारीले संसदमा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गर्ने कार्यक्रम रहेकाे बताएकी छन्।
विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा रहेकाे बताइन । पूर्व-पश्चिम विद्युतिय रेलमार्ग, रसुवागढी-काठमाडौं र विरगञ्ज-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनमा उनले जाेड दिइन् ।
(लाइभ)








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




