स्थिर रहेको तीन दिनपछि बढयो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ जेठ । लगातार स्थिर रहेर कारोबार हुँदैं आएको सुनचाँदीको भाउ चौथो दिनमा आएर बृद्धि भएको छ ।

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० ले बृद्धि भएर तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँ तोकिएको छ । मंगलबार तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार २७० रुपैयाँ कायम भएको थियो ।