
संयुक्त राष्ट्रसंघ, ११ जेठ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले महिलाका मौलिक अधिकारका साथै उनीहरुका मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको समाचारमा जनाइएको छ ।
तालिबान सरकारले लगाएका प्रतिबन्धहरुबाट महिलाहरुको शिक्षा, रोजगारीको अवसरबाट पनि उनीहरु बञ्चित हुन पुगेको भन्दै यस्ता प्रतिबन्धहरु तत्कालै हटाएर महिलाहरुलाई पनि पुरुष सरह शिक्षा तथा अन्य सांस्कृतिक अधिकारहरुमा सहभागी बन्न दिनुपर्ने बताएको छ ।
केही समययता तालिबानहरुले अफगानिस्तानका महिलाले विद्यालय जान नपाउने, कहिँ घुम्न जाँदा या सार्वजनिक स्थलमा जाँदा उसको पुरुष आफन्त या अभिभावक हुनुपर्ने तथा बुर्का लगाउनुपर्ने जस्ता नीति महिलाका लागि सार्वजनिक गरेको थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




