सरकारले नीति र कार्यक्रममा पूँजी बजारलाई सम्बोधन गरेकाे भाेलिपल्टै सेयर बजारमा छायाे हरियाली

-



     सफल आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे नीति तथा कार्यक्रममा पूँजी बजारलाई उत्पादनसंग जाेडेर लैजाने कुरा प्राथमिकतामा रहेकाे बताएकाे भाेलिपल्टै आज सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेकाे आकलन गरिएकाे छ ।

राष्ट्रपति भण्डारीले पूँजीबजारलाई उत्पादनमूलक उद्याेगसँग जाेड्ने कुरामा जाेड दिएकी थिईन । उनले पूँजीबजारका नियामक निकायहरूलाई सबल र सक्षम् बनाउने सरकारकाे नीति रहेकाे बताएकि थिइन । सरकारकाे नीति तथा कार्यक्रममा पूँजी बजारलाई संवोधन गरेपछि यसदिन सेयरबजारमा त्यसकाे सकारात्मक प्रभाव परेकाे छ ।  

अर्काेतिर स्थानिय निर्वाचनको व्यवस्थापनको लागि दलहरुले केहि न केहि रकमको सदुपयोग गरेका छन् भने बजारमा अर्थको चलायमानकाे अवस्था सिर्जना हुनुका कारण त्यसले अर्थतन्त्रमा देखिएको असन्तुलनलाई पनि कम गर्न टेवा पुर्याउँछ ।

अब लामाे समयदेखि थन्किएर रहेको रकम बजारमा आउने अपक्षा गरिएको छ । चुनावि खर्चको जोहोको कारण पनि बजारमा समस्या पैदा भएकाे आशंका पनि नगरिएको होईन ।

आजको सेयर बजारको उकालो लागेको यात्राले अबको केहि समय सेयर बजारमा भईरहेको असन्तुलनको अवस्थामा परिवर्तन भई सकारात्मक यात्रामा जाने अपेक्षा गरिएको छ । यसदिन सेयर बजारमा देखिएको दोहोरो अंकको बृद्धिले लगानीकर्ताकाे मनोवल बढाएको छ । सबै उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६५ प्रतिशतले बृद्धि हुँदा सेन्सटिभ इण्डेक्स २.४२ अंकले बढेर ४३५.०९ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । २६ लाख ९४ हजार ४२९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४४ करोड ६ २६ हजार ९३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । बैंकिङ उपसमूहको ८.१९ अंकले बृद्धि भएको छ । व्यापारतर्फ २९.२१ अंकले बढेको छ । होटल तथा पर्यटनतर्फ ०.०७ अंकले, विकास बैंकतर्फ २५.१८ अंकले, हाइड्रोपावरतर्फ ३०.२९ अंकले, फाइनान्सतर्फ ९.५ अंकले बढेको छ ।

यस्तै नीर्जिवन बीमातर्फ १३४.५१ अंकले, उत्पादनतर्फ ३०.४९ अंकले, अन्यतर्फ ८.९६ अंकले, माइक्रोफाइनान्सतर्फ २९.०२ अंकले, जीवन बीमातर्फ ६६.५१ अंकले, म्युचुअल फण्डतर्फ ०.०७ अंकले र लगानी उपसमूहतर्फ ०.११ अंकले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७४७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।