कुमारी धनबृद्धि योजनाको इकाईमा आजदेखि आवेदन खुल्ला, कहिलेसम्म दिने ?

-



     सफल आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ जेठ । कुमारी क्यापिटल लिमिटेडले बिक्रीमा ल्याएको कुमारी धनबृद्धि योजनाको इकाईमा आजदेखि आवेदन खुल्ला भएको छ ।

कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

उक्त इकाईको १५ प्रतिशतले १ करोड ८० लाख इकाई कोषको प्रवर्धक रहेको कुमारी बैंकको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताले सो फण्डको घटीमा १०० देखि बढीमा १ करोड बीस लाख इकाईसम्मका लागि आवेदन दिने पाउने छन् । सो फण्ड कुमारी लगानी कोष अन्तर्गत संचालन हुन्छ । यसका लागि जेठको १७ गतेसम्म आवेदन दिन पाईने भएको छ ।

तोकिएको म्यादभित्र इकाई बिक्री नभएको खण्डमा जेठको २६ गतेसम्म आवेदन दिन सकिने छ ।

१० वर्षे अवधिको कुमारी धनबृद्धि योजनाको इकाईका लागि लगानीकर्ताले यो बन्दमुखि योजनामा सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर एप्सबाट आवेदन दिन सक्नेछन् ।