बिन्ध्यवासिनी हाइड्रोपावरले गर्यो सेयर बाँडफाँड, जेठ १६ देखि रकम फिर्ता हुने

-



     सफल आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ जेठ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर बाँडफाँड सम्पन्न गरिएको छ । कम्पनीको वैशाख ११ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरमा १० लाख कित्ता सेयर निष्काशन गरिएको थियो ।

लमजुङको क्वहोलासोथर गाउँपालिकाको वडा नं ५, ६, ७ र कास्कीको मादी गाउँपालिका वडा नं ८ र ९ का जनताका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरिएको छ । यस्तै बाँकी रहेको तीन लाख कित्ता सेयर क्व्होलासोथर गाउँपालिका र कास्कीको मादी गाउँपालिकाका वडाहरुका जनताका लागि निष्काशन गरिएकोमा सोहि सेयरलाई बाँडफाँड गरिएको हो ।

सेयर बाँडफाँडमा नपरेका तथा आंशिक बाँडफाँडमा नपरेकाहरुको रकम जेठ १६ गतेबाट लगानीकर्ताको खातामा फिर्ता जम्मा गरिने भएको छ ।