
काठमाडौं, १२ जेठ । सुनचाँदीको कारोबार हुने साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




