
काठमाडौं, १२ जेठ । सेयरबजार लगातार सकारात्मक लयमा गएकाे छ । साताको सेयर कारोबार हुने चौथो दिन दिन बिहिबार पनि सेयरबजारमा दोहोरो अंकको बृद्धि देखिएको छ ।
सेयर बजारको लय सकारात्मक मानिए पनि अघिल्लो दिनमा सम्पूर्ण सूचकहरुमा छाएको जस्ताे हरियाली आज भने कायम हुन सकेन । १३ उपसमूहमध्ये ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ८ मा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ । कारोबार रकममा भने निकै कमि आएको छ । अघिल्लो दिन अर्बमाथि पुगेको कारोबार यसदिन ८८ करोडमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.०३ अंकले बृद्धि भई २२३९.६० विन्दुमा पुगेको छ । नेप्सेमा ०.३६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.३९ अंकले बढेर ४३६.४७ विन्दुमा रहेको छ ।
यसदिन कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । २३ लाख २४ हजार ६६५ कित्ता सेयरको कारोबारबाट ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम यस वर्षको अहिलेसम्मको सबैभन्दा कम हो ।
कुल १३ उपसमूहमध्ये ८ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बैंकिङतर्फ १५.०२ अंकले बढेको छ । व्यापारतर्फ ७.४९ अंकले, नीर्जिवन बीमातर्फ ७.४३ अंकले, उत्पादनतर्फ २७.५५ अंकले बढेको छ ।
यस्तै माइक्रोफाइनान्सतर्फ ४.२९ अंकले, जीवन बीमातर्फ ८९.८८ अंकले, म्युचुअल फण्डतर्फ ०.१३ अंकले र लगानीतर्फ ०.१३ अंकले बृद्धि भएको छ ।
यस्तै सेयर घटेका उपसमूहतर्फ पाँच वटा रहेका छन् । होटल तथा पर्यटनतर्फ २०.९४ अंककाे गिरावट भएको छ । विकास बैंकतर्फ ७.३९ अंकले, हाईड्रोपावरतर्फ ४.३ अंकले, फाइनान्सतर्फ ३.६२ अंकले र अन्यतर्फ १४.५९ अंकले घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी मेघा बैंककाे ५ करोड ४२ लाख १४ हजार ४६२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




