गण्डकी प्रदेश सभामा पेस भएकाे बजेटका सिद्धान्त र प्राथमिकता(पूर्णपाठ)

-



     सफल आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित



पोखरा, १२ जेठ । अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बिहिबार गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता २०७९-८० छलफलका लागि पेस गरेका छन् । जसअनुसार गण्डकी प्रदेशको विकासको लागि निजीक्षेत्र, सहकारी क्षेत्रसँगको साझेदारीलाई सहज बनाउन नीतिगत सुधार गरिने भएको छ ।

प्रदेशको आय र जीवनस्तरमा सुधार ल्याउन, प्रदेशभित्र औद्योगिक लगानीको प्रवर्द्धन गर्न, प्रदेश गौरवका आयोजना तथा रणनीतिक महत्त्वका आयोजनामा वैदेशिक लगानी परिचालन गर्न आवश्यक कानूनी व्यवस्था सहित लगानीको वातावरण विकास गरिने भएको छ ।

प्रथम पञ्चवर्षीय योजनाको मध्यावधि मूल्याङ्कन गरी तोकिएका लक्ष्य समयमा नै हासिल गर्न तथा पञ्चवर्षीय योजनाका लक्ष्यलाई दिगो विकासका लक्ष्यसँग आबद्ध गर्ने गरी आयोजना बैङ्कलाई आधारमानी प्रदेश सरकारको लगानी परिचालन हुनेछ ।

सार्वजनिक, सहकारी र निजी क्षेत्रबाट उपलब्ध स्रोत र साधनको उत्पादनशील क्षेत्रमा परिचालन गरी दिगो एवम् उत्थानशील अर्थतन्त्रको निर्माण गरिने, प्रदेशमा निजी तथा सहकारी क्षेत्रको लगानी वृद्धि गर्न गैरआवासीय नेपाली नागरिकको लगानी प्रवर्द्धन गर्ने वातावरण विकास गरिने भएको छ ।

प्रदेश गौरवका आयोजना तथा प्रदेशका रणनैतिक महत्त्वका आयोजनालाई समयमा नै सम्पन्न गर्न स्रोतको व्यवस्थापन गरिने, वित्तीय हस्तान्तरण भएर स्थानीय तहमा विनियोजन भएको बजेटको कार्यान्वयन अवस्थाको र प्रगतिको विवरण तत्काल प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिने छ ।

बजेटको अख्तियारी, खर्च निकासा, बेरुजु व्यवस्थापन र न्यूनीकरण तथा सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि पूर्णरुपमा डिजिटल प्रणाली अवलम्बन गरी वित्तीय सुशासन र पारदर्शिता कायम गरिने छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने, समग्र वित्तीय कारोबारमा ऋबकजभिकक द्यबलपष्लन लाई प्रवर्द्धन गरिने, बैंङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेका नागरिकलाई सहकारी एवम् लघुवित्त संस्थाको विकास र विस्तार गरी वित्तीय समावेशीता सुनिश्चित गरिने छ ।

हाल जग्गाको न्यूनतम मुल्यमा भइरहेको कारोबारलाई यथार्थ मुल्यमा कारोबार हुने गरी वैज्ञानिक करको दायरा निर्धारण गरिने, घरजग्गा कारोबार अधिक हुने क्षेत्रमा स्थानीय तहसँगको साझेदारी एवम् सहलगानीमा कच्ची सडकलाई कालोपत्रे गरिने, यसका माध्यमबाट प्रदेशको आन्तरिक आय वृद्धि गरिने लगायतका ८७ बुँदे बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरिएको छ ।

वजेटका-सिद्धान्त-र-प्राथमिकता-२०७९-८०-गण्डकी-प्रदेश