
काठमाडैं, १३ जेठ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेबाट आयोजना प्रभावित क्षेत्रका जनताको लागि आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको जनाएको छ ।
प्रतिसेयर १०० अंकित मूल्य दरमा ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउने भएको हो ।कम्पनीको आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वि जिल्ला, रुकुम पश्चिम जिल्लाका जनताका लागि सेयर निष्काशन गर्न लागिएको हो ।
सेयर जगानी गर्न चाहने लगानीकर्ताले असार ७ गतेसम्म आवेदन दिन पाउने छन् । तोकिएको अवधिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ ।
सेयरमा लगानी गर्नका लागि ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने जनाइएको छ। यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




