
काठमाडौं, १३ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको जानकारी गराएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ तोलामा रुपैयाँ १० ले बढेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




