
काठमाडौं, १३ जेठ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन नेपाली सेयर बजारमा फेरि करेक्सन भएको छ । केहिदिन उकालो लागेर लगानीकर्ताको मनोवल बढाएकोमा शुक्रबार पुनः घटाएको छ । नेप्सेमा दाेहाेराे अंककाे गिरावट भएकाे हाे ।
होटल तथा पर्यटन उपसमूहको २.४ अंकको बृद्धि भएपनि अन्य सबैको घटेको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको छ । बिहिबार ८८ करोडमा सिमित भएको कारोबार यसदिन १ अर्ब नाघेको छ ।
यसदिन कुल २२३ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ४१ लाख ४० हजार ६६५ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन एक मात्र होटल तथा पर्यटन उपसमूहको बढेको छ । सो समूहको २.४ अंकले बृद्धि भएको छ । बाँकी १२ वटै उपसमूहको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार भएको छ । उक्त कारोबार १७ करोड ६० लाख ७५ हजार बराबरको भएको छ ।











काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




