
काठमाडाैं, १४ जेठ । कृषि बिकास निर्देशनालय र मुना कृषि लिमिटेडको संयुक्त साझेदारीमा पोखरा सिर्जनाचाेकस्थित मुनाबजार ‘मुना प्रशोधन इकाई’ परियोजनाको सूचना बोर्डको अनावरण भएकाे छ ।
साे सूचना बाेर्डकाे कृषि बिकास निर्देशनालय गण्डकीका निर्देशक बासुदेव रेग्मीले एक कार्यक्रम माझ अनावरण गरेका हुन् । पोखरेली प्रमोटरहरू, स्थानीय ग्राहकबर्ग, संचारकर्मी र अभिभावक बिष्णु भण्डारीकाे सहभागितामा सम्पन्न कार्यक्रमसंगै निर्देशनालयबाट निर्माणाधिन संरचना, मेशीनरी, भण्डारण कक्ष र मुनाबजारको अवलोकन तथा जानकारी लिने काम भएकाे थियो ।
मुनाबजार सामाजिक उत्तरदायित्व बहन गरेकाे एक आर्गानिक कृषि उत्पादन पाइने स्थान हाे । संस्थापक युवराज गुरूङले नेपालीले शुद्ध नेपाली उत्पादनलाइ प्रयाेग गर्नुपर्ने र मुनाबजारकाे लक्ष्य पनि स्वदेशी उत्पादनकाे प्रवर्धनमा जाेड दिएकाे बताए । उनले किसानकाले उत्पादन गरेका कृषि उपजकाे उचित मूल्य दिएर हरेक घरकाे भान्सासम्म सुलभ तरिकाले पुर्याउने चाँजाेपाँजाे मिलाइएकाे बताए ।
मुनाबजारकै दिव्या पाण्डेले किसानकाे उत्पादनलाइ सफाइ गर्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ, कुटानीपिसानी गरेर आन्तरिक तथा बाह्य बजारमा पुर्याउन मुनाबजार हरबखत् सेवामा खटिएकाे बताइन ।
मुनाबजार उपत्यकापछि पाेखरामा संचालनमा ल्याइएकाे हाे । यसका अन्य शाखाहरू पनि बिस्तारकाे लक्ष्य रहेकाे बताइएकाे छ । पाेखरा अघि ललितपुरकाे इमाडाेल, भैंसेपाटी, गाेल्फुटार र सानेपामा मुनाबजारका शाखाहरू बिस्तार गरिएकाे थियाे ।













काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




