श्वेतगंगा हाइड्रोपावरले जेठ २३ देखि सेयर निष्काशन गर्दै, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ जेठ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनले जेठ २३ गतेबाट सेयर निष्काशन तथा बिक्रीमा ल्याउँदैछ । कम्पनीले आयोजना क्षेत्रका जनताको लागि १५ लाख कित्ता ९३ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ ३० लाख रुपैयाँको १० प्रतिशतले प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरमा १५ लाख ९३ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

आयोजना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका वडा नं २, ३ र ४, ओखलढुंगाको लिखु गाउँपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ का जनताको लागि ११ लाख १५ हजार १०० कित्ता रहेको छ ।

यस्तै प्रशारण लाइनमा पर्ने रामेछापकाे लिखु तामाकोशी गाउँपालिकाका वडा नं ५, ६ र ७, मन्थली नगरपालिका वडा नं ११, १२, १३, रामेछाप नगरपालिका वडा नं १, ३ का जनताका लागि ३ लाख ९८ हजार २५० कित्ता रहेको छ । साथै लिखु तामाकोशीको वडा नं १, ओखलढुंगाको लिखुका वडा नं १, २, ३ का लागि ७९ हजार ६५० कित्ता बिक्री गरिने भएको छ ।

सेयरमा लगानी गर्नका लागि असार ६ गतेसम्म आवेदन दिने म्याद रहेको छ । तोकिएको मितिभित्र आवेदन नपरेको खण्डमा असार २१ सम्म आवेदन पेस गर्न सकिने छ । यसका लागि नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलबाट आवेदन दिन सकिने भएकाे छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।