सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

-



     सफल आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



कठमाडौं, १५ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको भाउ शुक्रबारकै भाउमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहि तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको भाउ तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार २८० रुपैयाँमा नै कारोबार भएको थियो ।