हिमालयन हाइड्रोपावरकाे सेयरमा आवेदन दिने म्याद आजसम्म

-



     सफल आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १६ जेठ । हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । लगानीकर्ताले थपिएकाे मिति आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले माग गरेबमोजिम आवेदन नपरेपछि फेरि दोश्रो पटक जेठको तीन गतेसम्म आवेदन दिने म्याद थप गरेकाे थियाे । ढिलोमा आवेदन दिने म्याद जेठ ८ गतेसम्म भनिएकोमा माग अनुसारको आवेदन नपरेपछि जेठ १६ गते आजसम्म आवेदन दिनका लागि म्याद थपिएको थियो ।

स्थानियका लागि जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशतले हुने ९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरिएको हो । रुपैयाँ १०० मूल्य अंकित दरमा ९ करोड कित्ता सेयर बिक्रीमा ल्याईएको हो ।

सेयरमा आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका वडा नं १, २, ३, ४, ६ र ७ का जनताले आवेदन दिन पाउने छन् । लगानीकर्ताले घटिमा १० र बढिमा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

सेयरमा आवेदन दिनकालागि ग्लोबल आइएमई बैंक लेखनाथ र न्युरोड पेखरा शाखा, माछापुच्छ्रे बैंक मादी शाखा, मुक्तिनाथ विकास बैंक काहुँखोला, अमरसिंह, बुढीबजार शाखा र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जाबाट आवेदन दिन सकिने छ ।

निष्कासन गरिएको सेयर पुनः बिक्री नभएमा बाँकी हुने सेयर थप गेर सर्वसाधारणका लागि बिक्रीमा ल्याइने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ