बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैया २०० तथा चाँदीमा ५ रुपैयाँले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ २०० ले बढेर तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन स्थिर रहि तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बृद्धि भई तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतकार सेतो धातु चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।